काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्रको अवधि भने ७ वर्ष छ । ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको बैंकले जानकारी दिएको छ ।




.gif)



