काठमाडौं । बजारमा निगुरोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार निगुरोको भाउमा गिरावट आएको हो ।
शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा १५ रुपैयाँ घटेर ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
निगुरो पाइने सिजन वैशाख–जेठ हो । सिजनमा निगुरो सस्तो मूल्यमा किन्न पाइन्छ ।




.gif)





