images

२०८३ आश्विन १८ गते

images
images
images

नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । नेपाली बजारमा ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक भएको छ ।

    images
    images

    सामसङले पहिलो पटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ प्रविधि समावेश गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत क्रियटिभिटी (सृजनात्मकता)लाई नयाँ परिभाषा दिन यो प्रविधि राखिएको कम्पनीले जनाएको छ ।यी स्मार्टफोनमा एडभान्स्ड क्यामेरा सिस्टम, धुलो र पानी प्रतिरोधात्मक क्षमताका लागि आईपी ६७ रेटिङ, गोरिल्ला ग्लास भिक्टस प्लस सुरक्षा र ६ वर्षसम्मको ओएस र सेक्युरिटी अपडेट उपलब्ध हुनेछ ।

    सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले यी स्मार्टफोनले एआई प्रविधिको अनुभवलाई धेरै प्रयोगकर्तामाझ ल्याएर ‘सबैका लागि एआई’ भन्ने कम्पनीको सोचलाई साकार पार्ने बताए । यी नयाँ विशेषता र क्षमताले सृजनशीलता बढाउनुका साथै सुरक्षित, विश्वसनीय र रमाइलो मोबाइल अनुभव प्रदान गर्ने उनको भनाइ छ ।

    images
    images

    उच्चतम डिस्प्ले र सफ्टवेयर अपग्रेडका साथ बढी टिकाउ

    ग्यालेक्सी A सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड OS र One UI अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यसले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ ।

    ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र लेक्सी ए२६ फाइभजीमा 6.7 इन्च FHD+ सुपर AMOLED डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस 1200 निट्ससम्म पुग्न सक्छ । स्टेरियो स्पीकरले ध्वनी अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।नयाँ ग्यालेक्सी A सिरिजमा 5000mAh ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ । ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजीले 45W चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ 2.0 समर्थन गर्छ, जसले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन साकिन्छ ।

    ग्यालेक्सी A56 मा 5G Exynos 1580 चिपसेट र ग्यालेक्सी A36 5G मा Snapdragon® 6 Gen 3 प्रोसेसर प्रयोग भएको छ । दुवै मोबाइलमा शक्तिशाली ठूलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।

    मूल्य र उपलब्धता

    डिभाइस RAM/Storage रंगहरू मूल्य (NPR)
    Galaxy A56 5G 12 GB / 256 GB Awesome Graphite, Light Grey, Olive 70,999
      8 GB / 256 GB   65,999
    Galaxy A36 5G 12 GB / 256 GB Awesome Black, White, Lime 59,999
      8 GB / 256 GB   54,999
      8 GB / 128 GB   48,999
    Galaxy A26 5G 8 GB / 256 GB Awesome Black, White, Light Green 45,999

    ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी मार्च 28 देखि सबै सामसुङ नेपालका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् । साथै, सामसुङ इन्स्टा फाइनान्स सेवाको माध्यमबाट ग्राहकहरूले ईएमआई विकल्पमा फोन किन्न सक्नेछन्। ईएमआई मासिक २३०० रुपैयाँबाट सुरु हुनेछ, जसमा शून्य प्रतिशत ब्याजदर लाग्नेछ ।पुरानो फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘Arkostore’ मार्फत आफ्नो पुरानो स्मार्टफोन साट्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend