images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • ८ महिनामा मात्रै‘कर्पोरेट पे’ मा २०...

८ महिनामा मात्रै‘कर्पोरेट पे’ मा २० हजार बढी संस्था आबद्ध

८ महिनामा मात्रै‘कर्पोरेट पे’ मा २० हजार बढी संस्था आबद्ध

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली ‘कर्पोरेट पे’ मा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यो आँकडा पूरा भएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

    images
    images

    चालु आर्थिक वर्ष ८ महिनामा मात्रै कर्पोरेट पेमार्फत ७ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार भएको उल्लेख छ । गत आर्थिक वर्ष २०८०/८१ मा ८ खर्बको कारोबार भएको थियो ।साना तथा मझौला व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाले डिजिटल भुक्तानीका लागि कर्पोरेट पे प्रयोग गरिरहेका छन् ।

    एनसीएचएलका अनुसार कर्पोरेट पेको मल्टिबैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले प्रयोगकर्तालाई आकर्षित गरेको छ ।कर्पोरेट पेमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायत भुक्तानी गर्न सकिन्छ ।

    images
    images

    यस प्रणालीमा एकभन्दा बढी बैंक खाता लिंक गरी भुक्तानीका लागि आवश्यक अपरेटिङ म्यान्डेट सेट गरी फन्ड तथा रिसिभेबल व्यवस्थापन गर्न सकिन्छ ।कर्पोरेट पेमा रियल टाइममा प्रतिकारोबार १ करोड रुपैयाँ (सोही बैंक वित्तीय संस्था) र २० लाख रुपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म कारोबार गर्न सकिन्छ । नन–रियल टाइम कारोबारका हकमा २० करोड रुपैयाँसम्म कारोबार सीमा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend