images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि...

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

तपाईंको अनलाइन अकाउन्ट ह्याक भयो कि ? यसरी चेक गर्नुहोस्

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । के तपाईंलाई थाहा छ ? आजभोलि ह्याकरहरूले ठूला कम्पनी र सरकारी निकायलाई मात्र होइन, तपाईं-हामी जस्ता सामान्य मानिसलाई पनि निशाना बनाउन थालेका छन् । उनीहरूको उद्देश्य बैंक/वालेट खातामा पहुँच पुर्‍याउनेदेखि हाम्रा हरेक डिजिटल गतिविधिहरूमा नजर राख्ने हुन सक्छ । यस्ता सम्भावित हमलाबाट बेलैमा सचेत रहन सके यो साइबर दुनियाँमा तपाईँ सुरक्षित रहन सक्नुहुन्छ । 

    images
    images

    यदि तपाईंलाई कसैले तपाईंको ईमेल, सामाजिक सञ्जाल, मेसेजिङ एप वा अन्य कुनै महत्त्वपूर्ण सेवामा पहुँच पाएको शंका छ भने त्यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा जान्न जरुरी छ । आउनुहोस्, हामी तपाईंलाई आफ्नो डिजिटल जीवन सुरक्षित राख्ने केही महत्त्वपूर्ण उपायहरू बताउँछौं:

    धेरैजसो कम्पनीले प्रयोगकर्तालाई आफ्नो अकाउन्टको सुरक्षा नियन्त्रण गर्न विभिन्न टुल दिन्छन् । त्यसैले, सहायताको लागि उनीहरूलाई सम्पर्क गर्नुअघि, आफैंले गर्न सक्ने कुराहरू गर्नुहोस् ।

    images
    images

    जिमेल (गुगल अकाउन्ट)

    जिमेल तपाईंको डिजिटल जीवनको एक महत्त्वपूर्ण भाग हो । किनकि यसमा तपाईंको अन्य धेरै अकाउन्ट जोडिएका हुन्छन् । यदि तपाईंलाई आफ्नो जिमेल अकाउन्टमा कसैले अनधिकृत पहुँच पाएको शंका छ भने तुरुन्तै कदम चाल्नुपर्छ । यसका लागि यो टिप्स अपनाउनुहोस्:

    • आफ्नो इनबक्सको तल दायाँतिर ‘Last account activity’ मा क्लिक गर्नुहोस् ।

    • ‘Details’ मा क्लिक गर्नुहोस् ।

    • यदि तपाईंले कुनै अपरिचित गतिविधि देख्नुभयो भने ‘Security Checkup’ गर्नुहोस् र आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

    • गुगलले दिएको निर्देशन अनुसार अन्य डिभाइसहरूबाट पनि साइन आउट गर्नुहोस् ।

    आउटलुक (माइक्रोसफ्ट)

    आउटलुक पनि जिमेलजस्तै तपाईंका अन्य धेरै अकाउन्टसँग जोडिएको हुन्छ । यदि तपाईंलाई आफ्नो आउटलुक अकाउन्टमा कसैले अनधिकृत पहुँच पाएको शंका छ भने यो टिप्स जानिराख्नुहोस्:

    • आफ्नो माइक्रोसफ्ट अकाउन्टमा जानुहोस् ।

    • बायाँतिरको मेनुमा ‘Security’ मा क्लिक गर्नुहोस् ।

    • ‘Sign-in activity’ अन्तर्गत ‘View my activity’ मा जानुहोस् ।

    • अपरिचित गतिविधि देखिएमा पासवर्ड परिवर्तन गर्नुहोस् ।

    लिङ्क्डइन

    ​लिङ्क्डइन व्यावसायिक नेटवर्कको लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो । यसमा तपाईंको व्यक्तिगत र व्यावसायिक जानकारी हुन्छ । यदि तपाईंलाई आफ्नो लिङ्क्डइन अकाउन्ट असुरक्षित भएको लाग्यो भने यसो गर्नुहोस्:

    • लिङ्क्डइनको वेबसाइटमा ‘See where you're signed in’ भन्ने पेजमा जानुहोस् ।

    • अपरिचित गतिविधि देखिएमा तलपट्टि रहेको ‘End these sessions’ मा क्लिक गरेर लगआउट गर्नुहोस् ।

    • यदि लिङ्क्डइनको मोबाइल एप प्रयोग गर्नुहुन्छ भने आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस्, त्यसपछि 'Settings' मा ट्याप गर्नुहोस् । अब ‘Sign in & Security’ मा ट्याप गर्नुहोस् र अन्त्यमा 'Where you’re signed in' मा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले वेबमा देखिने जस्तै पेज देख्नुहुनेछ । लिङ्क्डइनमा एक सुरक्षा सुविधा पनि छ, जसले कसैले अर्को डिभाइसबाट लग इन गर्ने प्रयास गरेमा तपाईंलाई एपमा कन्फर्म गर्न आवश्यक पर्दछ ।

    एप्पल अकाउन्ट

    • आफ्नो आईफोन वा आईप्याडको ‘Setting’ मा जानुहोस् । अब आफ्नो नाममा ट्याप गर्नुहोस् र साइन इन भएका सबै डिभाइसहरू हेर्न तल स्क्रोल गर्नुहोस् ।

    • म्याकमा, माथिको बायाँ कुनामा रहेको एप्पल लोगोमा क्लिक गर्नुहोस्, त्यसपछि ‘System Settings’ मा क्लिक गर्नुहोस्, अनि आफ्नो नाममा क्लिक गर्नुहोस् ।

    • विन्डोजमा, तपाईं आफ्नो अकाउन्टमा लग इन भएका डिभाइसहरू चेक गर्न एप्पलको आईक्लाउड एप प्रयोग गर्न सक्नुहुन्छ ।

    फेसबुक र इन्स्टाग्राम

    • फेसबुकको ‘Password and Security’ सेटिङमा जानुहोस् र ‘Where you’re logged in’ मा क्लिक गर्नुहोस् ।

    • इन्स्टाग्रामको लागि, ‘Account Center’ मा जानुहोस् र  ‘Password and Security’ मा क्लिक गर्नुहोस् ।

    • त्यसपछि अपरिचित डिभाइसहरूबाट लग आउट गर्नुहोस् ।

    ह्वाट्सएप

    • आफ्नो मोबाइल फोनमा ह्वाट्सएप एप खोल्नुहोस् ।

    • आईफोन र आईप्याडमा, तल दायाँ कुनामा रहेको सेटिङ्स आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि ‘Linked devices’ मा ट्याप गर्नुहोस् ।

    • एन्ड्रोइडमा, ह्वाट्सएप एपको माथिल्लो-दायाँ कुनामा रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस्, त्यसपछि ‘Linked devices’ मा ट्याप गर्नुहोस् ।

    • अनि अपरिचित डिभाइसहरूबाट लग आउट गर्नुहोस् ।

    एक्स (ट्वीटर)

    • एक्स सेटिङ्स (Settings) मा जानुहोस् ।

    • त्यसपछि बायाँतिरको मेनुमा रहेको ‘More’ मा क्लिक गर्नुहोस् ।

    • ‘Settings and privacy’ मा क्लिक गर्नुहोस्, त्यसपछि ‘Security and account access’ हुँदै अन्तमा  ‘Apps and sessions’ मा क्लिक गर्नुहोस् ।

    • अब अपरिचित गतिविधि देखिएमा लग आउट गर्नुहोस् ।

    स्न्याप

    • स्न्यापच्याटले तपाईंलाई कहाँ लगइन हुनुहुन्छ जाँच गर्न दिन्छ । आईओएस र एन्ड्रोइडमा हुनुहुन्छ भने एप खोल्नुहोस् ।

    • आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि सेटिङ (गियर) आइकनमा ट्याप गर्नुहोस् । अब ‘Session Management’ मा ट्याप गर्नुहोस् ।

    • वेब प्रयोगकर्ता हुनुहुन्छ भने स्न्यापच्याट अकाउन्टमा जानुहोस् । त्यसपछि ‘Session Management’ मा क्लिक गर्नुहोस् ।

    • अपरिचित गतिविधि देखिएमा लग आउट गर्नुहोस् ।

    टेलिग्राम

    • सेटिङमा क्लिक गर्नुहोस् । त्यसपछि बायाँतिरको मेनुमा ‘Active Sessions’ क्लिक गर्नुहोस् ।

    • अपरिचित गतिविधि देखिएमा ‘Terminate Session’  मा क्लिक गर्नुहोस् ।

    आजको दुनियाँमा हाम्रा सबै विवरण कुनै न कुनै अनलाइन अकाउन्टमा समावेश हुन्छ । यसकारण सबै अकाउन्टहरूमा मल्टी फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस् । साथै बलियो र युनिक पासवर्ड प्रयोग गर्नुहोस् । फिजिकल सेक्युरिटी की वा पासकी गर्ने विचार गर्नुहोस् । साथै सुरक्षा सतर्कता सम्बन्धी लेख तथा भिडिओ हेर्नुहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend