images

२०८३ आश्विन १९ गते

images
images
images

अर्थमन्त्रालयले पोखरा विमानस्थल निर्माणको अनुसन्धानमा असहयोग गरेको गुनासो

अर्थमन्त्रालयले पोखरा विमानस्थल निर्माणको अनुसन्धानमा असहयोग गरेको गुनासो

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनुसन्धानमा अर्थमन्त्रालयले असहयोग गरेको गुनासो गरेको छ ।विमानस्थल निर्माणको क्रममा भएका निर्णयको विवरण माग गर्दा नदिएको गुनासो उपसमितिका समितिका सदस्यहरूले गरेका हुन् ।प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति अन्तर्गत गठित संसदीय उपसमिति अध्ययनमा छ ।

    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति अध्ययन प्रतिवेदन लेखन कार्यमा जुटेको छ । विवरण संकलन गर्ने क्रममा अर्थ मन्त्रालयले माग गरेको विवरण नदिएको गुनासो उनीहरूको छ ।गत असार १४ गते लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो ।उपसमितिले नीतिगत भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    संसदीय उपसमितिले विमानस्थलको अध्ययन-अनुगमन र छानबिन गरिसकेको छ । त्यसको आधारमा प्रतिवेदन लेखनको कार्य सुरुआत गरेको हो । प्रतिवेदनको प्रारम्भिक मस्यौदामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नीतिगत भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।प्रतिवेदन लेखनमा संलग्न अधिकारीहरूका अनुसार नीतिगत भ्रष्टाचार देखिएको पहिलो आधार हो-सम्झौतामा कर समेत जोडिएको भन्नु र पछि सरकारले कर छुटको निर्णय गर्नु ।

    images
    images

    उनीहरूका अनुसार सम्झौताको कपीमा कर समेत भन्ने उल्लेख छ । तर, पछि सरकारले २ अर्ब कर छुट गर्ने निर्णय भएको छ । कर समेतको रकममा सम्झौता भएको तर, पछि कर छुट दिइएको भनेर उपसमितिले यसमा नीतिगत भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।उपसमितिले यही कर छुटसम्बन्धी निर्णयको विवरण अर्थ मन्त्रालयसँग माग गरेको छ । माग गरेको विवरण नदिएर अर्थ मन्त्रालयले असहयोग गरेको विषय पनि प्रतिवेदनको मस्यौदामै लेखिएको छ ।उपसमितिका सदस्यहरूका अनुसार सुरुमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लागत १४ अर्ब थियो । यसअनुसार अनुमानित लागत रकममा काम गर्ने गरी टेण्डर आह्वान गर्दा कोही पनि आएनन् । त्यसपछि पुनः टेण्डर भएन । पहिलेको टेण्डरमा बढी लागत रकम राखेर निवेदन दिनेसँगै सल्लाहमा २२ अर्बमा सम्झौता भएको थियो ।

    यसका अतिरिक्त ४ अर्ब मोबिलाइजेशन रकम दिइएको छ । यसरी पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागत २६ अर्ब पुगेको छ । यसमध्ये केही रकम अझै भुक्तानी गर्न बाँकी रहेको समेत उपसमितिले भनेको छ ।उपसमितिले डाँडा काटेर निस्केको माटो कहाँ गयो र बेचिएको भए त्यसको रकम नदेखिएको भनेको छ । डाँडा काट्न नै ३२ करोड अर्को रकम भएको छ ।लिङदेन नेतृत्वको उपसमितिमा सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् ।उपसमितिले प्रतिवेदन तयार पारेर चैत महिनाभित्रै मूल समितिमा बुझाउने तयारी गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend