images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • काठमाडौंमा उच्च सुरक्षा सतर्कता ३५ सय...

काठमाडौंमा उच्च सुरक्षा सतर्कता ३५ सय प्रहरी तैनाथ

काठमाडौंमा उच्च सुरक्षा सतर्कता ३५ सय प्रहरी तैनाथ

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौंः काठमाडौंको सडक आज अस्तव्यस्त बन्दैछ  राजावादी समूह र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्ने घोषणा गरेका छन्, जसले राजधानीको माहोल झनै तातिन सक्ने आँकलन गरिएको छ।

    images
    images

    राजावादीहरूको रणनीतिः दुर्गा प्रसाईंको कमाण्डमा शक्ति प्रदर्शन ।
    नवराज सुबेदीको संयुक्त जनआन्दोलन समिति ले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेर काठमाडौंको सडक तताउने तयारी गरेको छ। तीनकुनेलाई प्रदर्शनको केन्द्र बनाउँदै राजसंस्थाको पुनर्स्थापनाको माग सहित ठूलो प्रदर्शन गर्न उनीहरू लागेका छन्।

    प्रचण्डको कमाण्डमा पनि सडक शक्ति प्रदर्शन ।
    यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बनेको समाजवादी मोर्चा ले पनि काठमाडौंका तीन स्थानबाट शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। भृकुटीमण्डपलाई केन्द्र बनाई आफ्नो सडक शक्ति प्रदर्शन देखाउने योजनामा छ।

    images
    images

    सुरक्षा सतर्कता सहित, काठमाडौंमा ३५ सय प्रहरी तैनाथ ।
    राजधानीका दुई समूहहरू सडकमा उत्रन लागेपछि सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको छ। ३५ सय प्रहरी खटाउने योजना उपत्यका प्रहरी कार्यालयले बनाइ सकेको छ।

    कमाण्डः जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी विश्व अधिकारी)
     स्थल व्यवस्थापनः एसपी अपिल बोहरा

    काठमाडौंका सडक तात्ने संकेत ।
    दुवै पक्ष आक्रामक रुपमा प्रदर्शनको तयारीमा जुटिरहेका छन्। राजसंस्थावादीहरूको नाराबाजी र समाजवादी मोर्चाको शक्ति प्रदर्शन  आमने सामने आएमा स्थिति थप जटिल हुन सक्ने विश्लेषकहरूको धारणा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend