images

२०८३ आश्विन २० गते

images
images
images

आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख राजस्व सङ्कलन

आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख राजस्व सङ्कलन

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • कैलालीः कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१।८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउन देखि फागुन मसान्त सम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ । 

    images
    images

    कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस  अवधिमा भन्सार महसुल तर्फ रु दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि कर तर्फ रु दुई अर्ब ४१ लाख, अन्तःशुल्क तर्फ रु १३ करोड ८२ लाख र अन्य तर्फ रु एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो ।  चालु आवमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको खिमप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख र कात्तिकमा रु ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा रु ८१ करोड १३ लाख, पुसमा रु ६५ करोड ८७ लाख, माघमा रु ७३ करोड दुई लाख र फागुनमा रु ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थ लगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो । 

    images
    images

    कार्यालयले गत आव २०८०।८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend