images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २०...

नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड

नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौँ । नेपाल टेलिकमले  २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ ।  त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।  एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने प्रवक्ता हरि ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने उनले बताए । 

    नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रूपमा उपलब्ध हुने  ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन(नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ । 

    images
    images

    नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र  वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी  परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend