images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को...

सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गर्दै माग्यो सुझाव

सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गर्दै माग्यो सुझाव

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त कस्यौदा सार्वजनिक गरेको हो । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २।० को मस्यौदा अध्ययन गरी सात दिनभित्र सुझाव पेस गर्ने समेत माग गरेको छ । 

    images
    images

    सरकारले पहिलोपटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । उक्त फ्रेमवर्कलाई परिमार्जित एवं संशोधित गरेको छ । परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० आर्थिकरूपमा रेजिलियन्ट, समावेशी र जलवायुमैत्री रहेको मस्यौदामा उल्लेख छ ।

    यसले नेपालको डिजिटल रूपान्तरणमा भविष्यका लागि तयार डिजिटल पूर्वाधार, डिजिटल सेवामा पहुँच, सिप तथा डिजिटल साक्षरता र डिजिटल अर्थतन्त्रको रूपान्तरणका क्षेत्रमा काम गर्ने विषय समेटेको छ । डिजिटल नेपाल फ्रेमवर्कक २.० को कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पनासमेत गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend