images

२०८३ आश्विन २० गते

images
images
images

एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन

एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • भद्रपुरः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा रु एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ। उक्त रकम गत आव २०८०।०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो।

    images
    images

    कार्यालयको तथ्याङ्क अनुसार गत आव २०८०।०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए। आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

    गत आवभन्दा राजस्व सङ्कलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ। कार्यालयले आठ महिनामा आयकरबाट रु ८९ करोड २७ लाख ८५ हजार, ब्याज बापत रु छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि कर बापत रु ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्क बापत रु ३३ करोड १८ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ।

    images
    images

    अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए।

    कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ। यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही गर्ने गरिएको प्रमुख कर अधिकृत काफ्लेले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend