images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपाली बजारमा जेडटिइको पुनरागमन, ब्लेड...

नेपाली बजारमा जेडटिइको पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

नेपाली बजारमा जेडटिइको पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं ।  जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् ।

    images
    images

    जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

    स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको ¥याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८ मेगापिक्सेलको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको र्‍याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।

    images
    images

    अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआइ एडिटिङ्ग टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केहि नहुने कम्पनीले दाबी गरेको छ ।

    त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । १६ जिीबीको र्‍याम  र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ ।जेडटीईको नेपालमा पुनः प्रवेश बारे बोल्दै सीइओ सबिन श्रेष्ठले नेपाली बजारमा आफ्नो पहिचान बनाउन बृहत सञ्जाल, बलियो बजार व्यवस्थापन र विभिन्न उद्योगहरुमा आफ्नो विशेषज्ञता प्रदर्शन गरिसकेको शंकर ग्रुपसँगको सहकार्यले जेडटिएको नेपाली बजारमा राम्रो उपस्थिति रहने विश्वास रहेको बताए । 

    त्यस्तै शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटियाले जेडटिइका स्मार्टफोनहरुलाई नेपालमा पुनः ल्याउन पाउँदा अत्यन्तै उत्साहित रहेको बताउँदै स्मार्टफोनहरु नवीन प्रविधियुक्तका उत्कृष्ट गुणस्तरका र पर्फर्मेन्समा पनि उस्तै अब्बल रहेको बताए ।टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्राण्ड जेडटिइ अब यी स्मार्टफोनहरुसंगै फेरी नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend