काठमाडौं । म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा २ दिने “ Nepal-Myanmar Trade and tourism expo 2025 ” को आयोजना सम्पन्न भएको छ ।Coming together for Trade and Tourism Prpmption नारा लिएर आयोजित उत्तExpo मा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा क्षेत्रसंग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढि Booth/stalls मा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए।
२१ मार्च २०२५ माम्यान्मारका वाणिज्यमन्त्री U TunOhnतथा म्यान्मारकालागि नेपालका राजदुत हरिश्चन्द्र घिमिरेद्वारा रिबन काट्ने र बेलुन उडाउने रोमाञ्चक समारोहबाट सुरु भएको एक्स्पोमाऔपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।रात्री भोजसहितको उक्त कार्यक्रममा नेपाल तथा म्यान्मारका प्रतिनिधिहरुद्वारा प्रस्तुतिकरण, सांस्कृतिक प्रस्तुतिहरु, तथा अतिथिहरुद्वारा Booth'Stallsभ्रमण समावेश थियो ।राजदुत घिमिरेले अथितिहरुलाई एक्स्पो मा स्वागत गर्दै नेपाल र म्यान्मारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको
सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दुतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताउनुभयो। पर्यटन र ITसेवाको क्षेत्रमा सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको बताउँदै दुवै देशका सम्भावित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर र सम्पर्क स्थापित गर्नका लागि यस एक्स्पो उपयुक्त प्लेटफर्मको काम गर्ने बताउनुभयो । राजदूत घिमिरेले सहयोगी साझेदारहरू – नेपाल पर्यटन बोर्ड (NTB), KK Business Group ,kyay O kyee petroleum products Co.Ltd.yanma Tourism bank Awesome Asia Info Developers,onepoint Financial Services Citytech,Smart Choice Technologys and Diyalo technology लाई सहकार्यका तथा सहभागिताको लागि धन्यवाद दिनुभयो । साथै नेपालको होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रको प्रतिनिधि गरीExpo मा सहभागी भएकाHotel manashluPvt.Ltd,Hotel Ratnashambgava Pvt.Ltd,jugal Holiday,Himalaya 360,Namaste tourism and Holiday Pvt,Ltdलाई धन्यवाद दिनुभयो । नेपाल तथा अन्य मुलुकहरुमा लोकप्रियता कमाइरहेको 2PM Noodles तथाँFast Moving consumer goods(FMCG)कम्पनीAsin Thai Foods Pvt.Ltdलाई पनि सहभागिताको लागि धन्यवाद दिनुभयो।साथै,Gems and Jewelery, होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रसंग सम्बन्धित म्यान्मारका विभिन्न सहभागी कम्पनीहरुलाई धन्यवाद दिदै सफलताको शुभकामना दिनुभयो।
म्यान्मारका वाणिज्य मन्त्रीले म्यान्मारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यान्मारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमाजोड दिनुभयो । Union of Myanmar Federation Chambars Commerce and Indudtries (UMFCCI)र नेपाल म्यान्मार चेम्बर्स अफकमर्स एण्ड इन्डस्ट्रीका अध्यक्षहरूले पनि दुई देशहरू बीच पर्यटन र सूचना प्रविधि व्यापार को सम्भावना माथि जोड दिए।UMFCCI का वरिष्ठ प्रबन्धक रानु शाहको प्रस्तुतिले लुम्बिनी लगायतका नेपालका आकर्षक पर्यटकीय स्थलहरू र गतिविधिहरूमा प्रकाश पारेको थियो। UMFCCI सहमहासचिव kyaDewaले नेपाल–म्यानमार व्यापार सम्बन्धतथा सम्भावनाहरूको विषयमा प्रस्तुतीकरण दिनुभयो । सहभागी नेपाली क्ष्त्कम्पनीहरू मध्ये एकका प्रतिनिधि विनोद पोखरेलले गर्नु भएको प्रस्तुतिले नेपालको उदीयमान क्षेत्रलाई प्रकाश पारेको थियो ।
करिव २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिलामन्त्री लगायत उच्च सरकारी पदाधिकारीहरू,UMFCCIपदाधिकारीहरु,Women Enterpreneurs Network (MYAWEN)का सदस्यहरु,Mynmar traval Association (UMTa),Tourism Marketing Association (MTMa)का अदक्ष्यतथा सदस्यहरु, बैंकिक क्षेत्रका उच्चपदाधिकारीहरु, व्यवासायीहरु तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो ।




.gif)





