images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • लमजुङ–मनाङ सडकमा पहिरो खस्दा आवागमन पूर्णरुपमा...

लमजुङ–मनाङ सडकमा पहिरो खस्दा आवागमन पूर्णरुपमा अवरुद्ध

लमजुङ–मनाङ सडकमा पहिरो खस्दा आवागमन पूर्णरुपमा अवरुद्ध

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • लमजुङ । लमजुङ–मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    images
    images

    अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ । सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ ।

    ‘पहाडबाट ठूला ढुङ्गाहरू खसेका छन् । हटाउन दुई वटा मेसिन (जेसिभी) मगाइएको छ,’ उनले भने, ‘ढुंगा ठूलो भएकाले कम्तीमा तीनदेखि चार घण्टासम्म सडक सञ्चालनमा आउन सक्ने देखिँदैन ।’ हाल पहिरो पन्छाउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend