images

२०८३ आश्विन १७ गते

images
images
images

निगुरोको मूल्य बढ्यो, कति पुग्यो किलोको?

निगुरोको मूल्य बढ्यो, कति पुग्यो किलोको?

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । बजारमा निगुरो पाइन थालेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    गत शुक्रबारसम्म कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको थियो।त्यसपछि शनिबादेखि नै निगुरोको मूल्य बढ्न थालेको छ।कालीमाटी बजारमा शनिबार प्रतिथोक मूल्य ९० देखि एक सय रूपैयाँमा कारोबार भइरहेकोमा आइतबार निगुरो एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भइरहेको थियो।

    नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेको अनुसार बजारमा निगुरो आउन थालेको साता/दश दिन भयो।आपूर्तिका आधारमा निगुरोको मूल्य घटबढ भइरहेको छ। 

    images
    images

    उनका अनुसार हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट आइहरेको छ। निगुरो किलोको हिसाबमा मात्रै नभएर मुठाको हिसाबमा पनि बिक्री हुन्छ। होलसेल मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ। निगुरोको मुख्य सिजन वैशाख–जेठ हो। त्यो समयमा भने मूल्य घट्ने उनको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend