images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम...

नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत  वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ।

    images
    images

    चैत्र ४ देखि १० गतेसम्म सातै प्रदेशमा सम्पन्न यस कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना, तथा अन्य आधारभूत बैंकिङ अवधारणाहरूबारे प्रशिक्षण दिइयो।

     बैंकले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातवटै प्रदेशका विभिन्न स्थानहरूमा कार्यक्रम सञ्चालन गरेको हो। 

    images
    images

    उक्त कार्यक्रमहरूमा १५०० भन्दा बढी विद्यार्थी तथा बालबालिकाहरूको सहभागिता रहेको थियो। उनीहरूलाई आधुनिक वित्तीय प्रविधि, डिजिटल बैंकिङ प्रयोग, साइबर सुरक्षा, सुरक्षित बैंकिङ अभ्यासहरू, तथा जिम्मेवार वित्तीय निर्णय लिने क्षमताका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend