images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • लुम्बिनी विकास बैंकद्वारा वर्दघाटमा वित्तीय साक्षरता...

लुम्बिनी विकास बैंकद्वारा वर्दघाटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकद्वारा वर्दघाटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आइरहेको ‘ग्लोबल मनि विक–२०२५’ को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले ‘Think Before You Follow, Wise Money Tomorrow’ भन्ने नाराका साथ वर्दघाटस्थित न्यु लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

    images
    images

    बैंकमा कार्यरत शाखा प्रबन्धक विक्रम गौतमले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनले वित्तीय साक्षरताको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, बचत, डिजिटल बैंकिङ, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवाको बारे अभिमुखीकरण दिएका थिए ।

    कार्यक्रममा सहभागीको तर्फबाट प्रिज्मा ज्ञवालीले वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा बैंकलाई हार्दिक कृतज्ञ ज्ञापन गरेकी थिइन्। देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend