images

२०८३ आश्विन १९ गते

images
images
images

अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने

अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौँ । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी एमएसएम भिडियोमा प्रसारण हुने भएको छ । निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले रिलिजको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

    images
    images

    निर्देशक अधिकारीका अनुसार सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट प्रसारण हुनेछ । १२ श्रृंखला तयार भएको सिरिज एकसाथ प्रसारणमा आउने भएको हो ।सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । सिरिजले नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा भन्छ ।

    अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि यसै सिरिज मार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । अरुणिमाको अलवा सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतको अभिनय छ । 

    images
    images

    सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका हुन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डी गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend