images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा...

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौंवार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।होटल भ्यू भक्तपुर, जगातीमा सम्पन्न सभामा संचालक समितिकातर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

    images
    images

    सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । सभामा शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफदिने क्रममा उनले अर्को वर्ष लाभाँश बाँड्न सक्ने अवस्थामा संस्थालाई पु¥याउन प्रतिबद्ध भएर काम गरेको बताइन् ।

    स्थापनाको छ वर्ष पूरा गरेको संस्थाकोे गत आ.व. सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा रहेका छन् । १०,९३,७५,००० शेयर पूँजीभएको संस्थाको जगेडा कोषमा ४,२३,३४,७३२ रहेको छ । संस्थाको प्रति शेयर आम्दानी ७.२२ ले ऋणात्मक रहेको छ, अघिल्लो वर्ष ३८.२५ ले ऋणात्मक रहेकोमा समिक्षा अवधिमा उल्लेख्य सुधार भएको हो ।संस्थाले समिक्षाअवधि सम्ममा ३३,७१८ सदस्यहरुबाट ९८ करोड ७८ लाखभन्दा बढि निक्षेप संकलन गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend