images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ...

भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ : शंकर पोखरेल

भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ : शंकर पोखरेल

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउन मात्रै नेपाली कांग्रेस र एमाले नमिलेको बताएका छन् ।प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

    images
    images

    ‘यो सरकार चलाउनका लागि मात्रै हामी मिलेको होइन, प्रमुख पार्टीको सहकार्य देशलाई अघि बढाउन भएको हो । मुलुक आर्थिक रूपमा संकटमा पुगेको अवस्थामा लोकतन्त्रका लागि लडेका दल मिल्नु आवश्यक थियो’, उनले भने, ‘जनताको निराशालाई आधार बनाएर मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैन । राजाको शासनमा ३ खर्बको अर्थतन्त्र अहिले ५७ खर्बको भइसकेको छ । के यो गणतन्त्रको उपलब्धि होइन ?’

    उनले अब पञ्चायतको समयमा देश फर्किन नसक्ने पनि बताएका छन् । उनले भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।‘भारतले बिजुली दिएन भने लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले तथ्यका आधारमा बहस गर्नुपर्छ। जन्मका आधारमा हुने शासन आजको समयमा सम्भव छैन। भ्रम सिर्जना गर्नेहरूले मुलुकलाई अँध्यारोतिर लान खोज्दै छन् ।’

    images
    images

    उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताएका छन् ।‘प्रमुख पार्टी मिलेको स्थायित्वको लागि हो । त्यसको आधार खोज्न अन्य दलको पनि विश्वास जित्ने कोसिस हुन्छ’, उनले भने, ‘तथ्यमा प्रवेश नै नगरी गाली गर्ने काम भइरहेको छ । सञ्चार क्षेत्र तथ्यमा आधारित हुनुपर्छ ।’

    चीनमा कार्यकारी राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल र भारतमा मोदी पनि तेस्रो कार्यकाल नेतृत्वमा पुग्दा नेपालमा प्रधानमन्त्री र मुख्यमन्त्री कयौँ पटक आए, गएको उनले बताए ।‘विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति होइन । च्याउ सरी दल उम्रनु राम्रो होइन निर्णायक राष्ट्रिय शक्ति निर्माणमा हामी जानुपर्छ’, उनले भने, ‘त्यो अभियान राष्ट्रको अभियान हो । एमाले अहिले पनि जनताको रोजाईको पहिलो पार्टी छ तर निर्णायक शक्ति छैन ।’उनले संकट सामना गर्न कांग्रेस र एमाले मिलेका बताएका छन् । ‘२०८४ मा हामी एक्ला एक्लै लड्छौँ’, उनले भने, ‘समाजमा अशान्ति र अराजकता मच्चाउनु होइन लोकतन्त्रको अर्थ, त्यसैले हामी देशलाई अघि बढ्न मिलेका हौँ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend