images

२०८३ आश्विन २० गते

images
images
images

ढाका महोत्सवबाट करिब २५ लाखको कारोबार

ढाका महोत्सवबाट करिब २५ लाखको कारोबार

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • विराटनगर । करिब २५ लाखको कारोबार गर्दै विराटनगरमा सञ्चालित तीनदिने ढाका महोत्सव सकिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सञ्चालित महोत्सवमा ढाका कपडाको व्यापार तथा लगानी प्रबद्र्धनका लागि ढाका उद्योगमा सम्भावित लगानी तथा व्यवसायिक अवसर र ढाका कपडा उद्योगका चुनौती, अवसर र प्रवद्धर्दनका वारेमा महिला उद्यमीहरुसँग वहस गरिएको थियो ।

    images
    images

    नेपाली ढाका उद्योगलाई प्रबद्र्धन गर्दै कोशी प्रदेशका महिला उद्यमीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक संभावना बढाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्ने तथा स्थानीय स्तरमा महिला उद्यमशिलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने महोत्सव सफल रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकका अध्यक्ष राजेन्द्र राउतले बताए ।

    महोत्सवमा ३० वटा स्टल राखिएको थियो । ति स्टलमा तीनदिनमा २५ लाख भन्दाबढीको कारोबार भएसँगै ढाकाप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको उनको भनाइ छ । सम्बद्ध उद्यमी यसबाट उत्साहित भएको उनी बताउँछन् ।कोशी प्रदेशमा साना ठूला गरेर करिब ३०० भन्दावढी ढाका कपडा उद्योग सञ्चालनमा छन । ति उद्योगमा २ हजार भन्दाबढीले रोजगार पाएको प्रारम्भिक आँकडा छ । राउतले उद्योगमा ९५ प्रतिशत महिला उद्यमी रहेको बताए । उनका अनुसार प्रदेशको उत्पादन मुलक उद्योग क्षेत्रमा ढाका कपडा उद्योगमा हिस्ता करिब १० प्रतिशत छ ।

    images
    images

    कोशी प्रदेश सरकारले ढाका कपडा उद्योगको संरक्षण र प्रबद्र्धनका लागि आगामी आर्थिक वर्षदेखि प्रदेश भरका निजामती कर्मचारी र शिक्षकको कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गर्ने तयारी गरेको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश सरकारले प्रदेश भरीका निजामती कर्मचारी र शिक्षकको पोशाक ढाका कपडाको अनिवार्य गर्न आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर ढाका कपडाको प्रवद्र्धन र उद्योगको संरक्षण गर्ने तयारी गरेको बताएका थिए ।

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा सञ्चालीत महोत्सवमा कोशी प्रदेश सरकारको वन तथा पर्यटन, सामाजिक विकास र उद्योगा तथा वाणिज्य मन्त्रालयको आर्थिक सहकार्य थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend