images

२०८३ आश्विन १८ गते

images
images
images

पर्यटकीय स्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

पर्यटकीय स्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • म्याग्दी । मंगला गाउँपालिका-२ सिमबाट कोत्रवाङ-खुम्ल्याह-पैयुपाटा-कुहुँ-पूर्णगाउँ हुँदै पर्यटकीय स्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ ।

    images
    images

    संघीय सरकार र मंगला गाउँपालिकाको रु. चार करोड लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो । विनियोजन भएको यो आयोजना मंगला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

    मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा  निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिम चोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ । सिम चोक, पातल, कुहुँ र पूर्ण गाउँ क्षेत्रमा  ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend