images

२०८३ आश्विन १८ गते

images
images
images

नेपालमा भिभो भी ५० सार्वजनिक

नेपालमा भिभो भी ५० सार्वजनिक

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भी ५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजन रहेको कम्पनीको भनाई छ ।

    images
    images

    भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले रहेको छ । ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्बिरहरू कैद गर्न मद्दत गर्छ ।सेल्फी पारखीहरूका लागि ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् अटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता राख्दछ ।

    एआई औरा लाईट पोट्रेट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल पोट्र्रेट इफेक्ट दिन्छ । बायोटार, बि–स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्छ ।भिभो भी ५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ। एआई ईरेज २।०, लाइभ कटआउट, फिल्म क्यामेरा मोड र लाइभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ ।

    images
    images

    भिभो भी ५० का गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ, तर सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ । एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रङहरू, स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ ।प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५ प्रतिशत छिटो सिपियु प्रदर्शन र ५० प्रतिशत सुधारिएको जिपियु पावर प्रदान गर्छ । १२ ं १२ जीबीको विस्तारित र्‍यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ ।

    ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ । आईपी ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने छ ।नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भी ५०को नेपाली बजार मूल्य ६७ हजार ९९९ रूपैयाँ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend