images

२०८३ आश्विन २१ गते

images
images
images

गृह मन्त्रालयले ६ जना उपसचिवको सरुवा

गृह मन्त्रालयले ६ जना उपसचिवको सरुवा

images
images
शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • काठमाडौंः गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । 

    images
    images

    गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय भन्दा बाहिर कार्यरत ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

    जसमा मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    images
    images

    झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तैगरी मन्त्रालयमै कार्यरत हरि बहादुर भुजेललाई अध्यागमन कार्यालय पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानिएको छ भने मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।

    यस्तैगरी, बिहीबार मात्रै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २ जना उपसचिवको पनि सरुवा गरेको थियो । जसमा मन्त्रालयमा कार्यरत कैलाश बहादुर ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो भने त्यहाँ कार्यरत ओम प्रसाद भट्टराईलाई मन्त्रालय तानेको थियो ।

    upasachib-saruwa-1742573814.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend