images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • बजारमा पाइन थाल्यो निगुरो, कति पर्छ...

बजारमा पाइन थाल्यो निगुरो, कति पर्छ किलोको?

बजारमा पाइन थाल्यो निगुरो, कति पर्छ किलोको?

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । बजारमा निगुरो पाइन थालेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।आजभोलि कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    एक सातादेखि बजारमा निगुरो आउन सुरू भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।'अहिले थोरै मात्रामा आइरहेको छ। अब विस्तारै निगुरोको आपूर्ति बढ्दै जान्छ,' उनले भने।

    उनका अनुसार हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट आइहरेको छ। निगुरो किलोको हिसाबमा भन्दा धेरै मुठाको हिसाबमा बिक्री भइरहेको उनी बताउँछन्। 'किसानले मुठा बाधेर पठाएका हुन्छन्। त्यही भएर अधिकांशले मुठाकै मूल्य दिन्छन्,' उनले भने। 

    images
    images

    अहिले बजारमा निगुरो प्रति मुठा थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ। उपभोक्ताले भने ४० देखि ५० रूपैयाँसम्म तिरिरहेका छन्। निगुरोको मुख्य सिजन वैशाख–जेठ हो। त्यो समयमा भने मूल्य घट्ने उनको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend