images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • एसईई : ह्वाट्स एपमार्फत चिट चोराउने...

एसईई : ह्वाट्स एपमार्फत चिट चोराउने २ निरीक्षक पक्राउ

एसईई : ह्वाट्स एपमार्फत चिट चोराउने २ निरीक्षक पक्राउ

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौँ । बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कलैयाको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् ।

    images
    images

    ‘साथी’ नामक ह्वाट्स एप ग्रुपमार्फत् परीक्षार्थीलाई चिट चोराइरहेका बेला उनीहरु रंगेहात पक्राउ परेका हुन् । रञ्जु र सौरभले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार ‘साथी’ नामको ह्वाट्सएप ग्रुपमा निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गरेका थिए ।

    images
    images

    आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसईई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend