काठमाडौं । नेपाल स्टक एक्सचेज(नेप्से) मा बिहीबार विभिन्न ३ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
बिहीबार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनसका दरले करोड १५ लाख ९३ हजार, साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस बराबर ५० लाख ६ हजार र बिन्ध्यवासिनी हाइड्रोपावरको ७.६० प्रतिशत बोनस सेयर बराबर सात लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीहरुको सूचीकृत भएको उक्त सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।




.gif)





