images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सामाजिक सञ्जाललाई सूचीकरण हुन सञ्चार मन्त्रालयको...

सामाजिक सञ्जाललाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम

सामाजिक सञ्जाललाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी सूचीकरण नभएका सामाजिक सञ्जाललाई ३० दिनभित्र सूचीकरण हुन अल्टिमेटम दिएको हो । 

    images
    images

    सूचनामा भनिएको छ, ‘‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखित बाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०५० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

    निर्देशिका आइसकेपछि अहिलेसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रालिको नाममा वीटक मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी दिइएको छ ।

    images
    images

    सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) मा सूचीकृत नभएका सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था गरिएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend