images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से १२ अंकले घट्यो, चार अर्ब...

नेप्से १२ अंकले घट्यो, चार अर्ब ५६ करोडको कारोबार

नेप्से १२ अंकले घट्यो, चार अर्ब ५६ करोडको कारोबार

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं ।  आज साताको अन्तिम कारोबार दिन पनि  सेयर बजारमा गिरावट जारी रह्यो ।  बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।

    images
    images

    आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो ।पछिल्लो समय फाइनान्स कम्पनीका लगानीकर्ताको सेयरमूल्य निरन्तर घट्दो क्रममा रहेको छ । बुधबार सर्वाधिक घट्ने सूचीमा रहेको फाइनान्स समूहले आज पनि सोहि निरन्तरता दिएको छ । आज फाइनान्स समूहको सेयरमूल्य १.३५ प्रतिशतले घटेको छ ।

    आज जीवन बीमा समूहको सेयरमूल्य मात्रै ०.०३ प्रतिशतले बढेकोछ । अन्य १२ उपसूचक नै राताम्य भएका हुन् ।यसदिन ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ ।आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् ।

    images
    images

    आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend