images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • सेयर मूल्यमा हुनसक्ने चलखेल रोक्ने...

सेयर मूल्यमा हुनसक्ने चलखेल रोक्ने प्रणाली आजबाट लागु

सेयर मूल्यमा हुनसक्ने चलखेल रोक्ने प्रणाली आजबाट लागु

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो ।

    images
    images

    यस अनुसार अब प्रत्येक दिन दिनको २ः४५ देखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था गरेको हो ।

    उक्त अवधिमा कुनै कारोबार नभएको अवस्थामा भने पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मान्ने नेप्सेले जनाएको छ । अहिलेसम्म ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ मानिदै आएको थियो ।

    images
    images

    नेप्सेले यसअघि नै यो प्रणालीका तयार गरिसकेको थियो । तर, लागु गरेको थिएन । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै आजदेखि उक्त व्यवस्था लागु हुन लागेको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend