images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा...

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा तीन जना र बागमती र लुम्बिनी प्रदेशमा १/१ जना कर्मचारी माग गरेको हो।बैंकमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, एसिस्टेन्ट, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि अवसर खुलेको हो।

    images
    images

    इच्छुकले कम्तीमा व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।

    अधिकृतको कार्य अनुभव बैंकको शाखा कार्यालयमा शाखा प्रबन्धक वा सम्बन्ध प्रबन्धकको रूपमा वा प्रधान कार्यालयमा केन्द्रीय रिकभरी विभागमा रिकभरी अधिकारीको रूपमा कम्तीमा ३ वर्षको काम गरेको अनुभव सहित कुल बैंकिङ अनुभव न्यूनतम ५ वर्षको हुनु पर्नेछ।

    images
    images

    सहायक स्तरको लागि शाखामा शाखा प्रबन्धक÷सम्बन्ध प्रबन्धकको रूपमा वा केन्द्रीय रिकभरी विभाग, प्रधान कार्यालयमा रिकभरी अधिकारीको रूपमा कम्तीमा १ वर्षको काम गरेको अनुभव सहित कुल बैंकिङ अनुभवको न्यूनतम ३ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ।

    अफिसको उमेर ४० वर्ष ननाघेको र एसिस्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend