images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ अर्को साता...

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ अर्को साता बाँडफाँट हुने

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ अर्को साता बाँडफाँट हुने

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ अर्को साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले अर्का साता मात्रै बाँडफाँट प्रक्रिया अघि बढ्ने बताएको हो ।

    images
    images

    आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अन्तिम दिनसम्म १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको थियो।

    कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

    images
    images

    कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् । १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend