images

२०८३ आश्विन २० गते

images
images
images

ग्लोबल मनी विकमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । प्राइम कमर्सियल बैंकको अरुणखोला शाखा कार्यालयले ग्लोबल मनी विक–२०२५ को अवसरमा एक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम बुधबार मध्यविन्दु नगरपालिका–१२ तमास्पुरस्थित श्री यादव माविमा सम्पन्न गरेको हो।

    images
    images

    कार्यक्रमको संयोजकत्व बैंकको अरुणखोला शाखा प्रमुख टुल्का प्रसाद काफ्ले र विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र महतोले गरेका थिए। कार्यक्रममा बैंकका सम्बन्ध अधिकृत आशीष गिरी र सञ्चालन विभाग प्रमुख हरिप्रसाद खरेलले ५८ जना विद्यार्थी र १४ जना शिक्षकमाझ बैंकिङ र सुरक्षित वित्तीय कारोबारसम्बन्धी वित्तीय साक्षरता शिक्षा प्रदान गरेका थिए।

    कार्यक्रममा उपस्थित ५८ जना विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाए, र विद्यालयका शिक्षक तथा कर्मचारीहरू पनि सक्रिय रूपमा सहभागी भएका थिए। बैंकका शाखा प्रमुख काफ्लेले यस कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना र सीपमा अभिवृद्धि गर्ने, साथै आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल र प्रभावकारी बनाउन मद्दत गर्ने आशा व्यक्त गरे।

    images
    images

    प्राइम कमर्सियल बैंकले विद्यार्थीहरूको लागि आकर्षक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस अवसरमा, शाखा प्रमुख काफ्लेले जानकारी दिए कि विद्यार्थीहरू शून्य मौज्दातमा बचत खाता खोल्न सक्नेछन् र पहिलो वर्ष एटीएम र मोबाइल बैंकिङ सेवाहरू निःशुल्क उपलब्ध हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend