images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमकहरूलाई विदेशी मुद्रा सटहीका लागि...

निर्जीवन बीमकहरूलाई विदेशी मुद्रा सटहीका लागि कागजात पेस गर्न निर्देशन

निर्जीवन बीमकहरूलाई विदेशी मुद्रा सटहीका लागि कागजात पेस गर्न निर्देशन

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ ।

    images
    images

    फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेस गर्दा अनिवार्य रूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेस गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ ।

    यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने र पुनर्बीमा बापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

    images
    images

    विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेस हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्ने र विदेशी मुद्रा सटहीका लागि पेस गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend