images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • एमबीएल इक्विटी फन्डको इकाईमा आवेदन दिने...

एमबीएल इक्विटी फन्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

एमबीएल इक्विटी फन्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे क्यापिटलले निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    क्यापिटलले १० रुपैयाँ अंकित मूल्यमा १२ करोड इकाई बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य एक अर्ब २० करोड रुपैयाँको छ। यस फण्डमा, १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिएको छ।

    फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिने व्यवस्था गरिएको छ। यस अवसरमा, म्युचुअल फण्डको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ भने, योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले आईआरएन एएमसी क्वालिटी ३ रेटिङ दिएको छ।

    images
    images

    आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कार्यरत रहेको छ। आवेदन प्रक्रिया बैंक र वित्तीय संस्थाका शाखाहरूमा वा सि-आस्बा प्रणालीमार्फत अनलाइन आवेदनको माध्यमबाट गर्न सकिन्छ। यसका लागि, ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गर्न सकिन्छ, जसलाई सिडिएस एण्ड क्लियरिंग लिमिटेडले निर्माण गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend