images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँट अर्को...

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँट अर्को साता

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँट अर्को साता

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ अर्को साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले यो साता सम्भव नहुने हुँदा अर्का साता मात्रै बाँडफाँट प्रक्रिया अघि बढ्ने बताएको हो ।आईपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । आईपीओमा १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको छ ।

    images
    images

    कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

    कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend