images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से सीईओका लागि छानिएका ५ जनाले...

नेप्से सीईओका लागि छानिएका ५ जनाले प्रस्तुत गरे कार्ययोजना

नेप्से सीईओका लागि छानिएका ५ जनाले प्रस्तुत गरे कार्ययोजना

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन्।

    images
    images

    गत फागुन १२ मा पहिलोपटक आवेदन माग भएकामा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये चैत ३ गते अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियोे।

    उक्त सूचीमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। यी पाँचै जनाले आफ्ना व्यावसायिक कार्ययोजना प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ। सिफारीस  समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ। समग्रमा उम्मेदवारको अंकमा १ सय छ।

    images
    images

    सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ।सिफारिस समितिले पहिलो चरणमा आवेदन परेका उम्मेदवारहरूबाट पाँच जनालाई व्यावसायिक कार्ययोजनाका प्रस्तुतीकरणका लागि छनौट गरेको थियो। 

    प्रस्तुतीकरणबाट उमेदवारले प्राप्त गरेको प्राप्तांकअनुसार समितिले ५ जनाबाट तीन जनाको नाम छनौट गरेर मन्त्रालयलाई एक जना नियुक्तिका लागि सिफारिस गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend