काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
कम्पनीले चैत ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको हो । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नवीकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नवीकरण गरी विलम्ब शुल्क १०० प्रतिशत छुट दिनेछ ।उक्त
शुल्कहरू अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिभरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।




.gif)





