images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • चैत १० गते नेष्डो समृद्ध लघुवित्तले...

चैत १० गते नेष्डो समृद्ध लघुवित्तले बोलायो छैठौं वार्षिक साधारण सभा

चैत १० गते नेष्डो समृद्ध लघुवित्तले बोलायो छैठौं वार्षिक साधारण सभा

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आगामी चैत १० गते पर्वतको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११:३० बजे सभाको आयोजना गर्ने निर्णय गरेको हो।

    images
    images

    सभाले संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसैगरी, बोनस सेयर जारीपश्चात् चुक्तापूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेस गरिनेछ।

    त्यस्तै, कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यसका साथै, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायको निर्देशन अनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

    images
    images

    सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।

    वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, फागुन २७ गतेसम्म कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend