images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • आइपीओ निष्कासन गर्न दुई कम्पनीले...

आइपीओ निष्कासन गर्न दुई कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति

आइपीओ निष्कासन गर्न दुई कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका  छन् । यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति मागेर निवेदन दिएका छन्।

    images
    images

    आरती पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका ३६ लाख कित्ता साधारण शेयर जारी गर्ने योजना बनाएको छ। यदि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेमा, आरती पावरले आइपीओ बिक्रीबाट ३६ करोड रुपैयाँको पुँजी जुटाउनेछ। यसको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।

    त्यस्तै, मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका १ करोड १२ लाख कित्ता शेयर जारी गर्ने योजना बनाएको छ, जुन कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको हुनेछ। यसका लागि धितोपत्र बोर्डको अनुमतिको प्रक्रिया चलिरहेको छ। मेवा डेभलपर्सको आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटलले सम्हाल्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend