images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ७.६६ अकंको गिरावट,४ अर्ब ३४...

नेप्सेमा ७.६६ अकंको गिरावट,४ अर्ब ३४ करोडको कारोबार

नेप्सेमा ७.६६ अकंको गिरावट,४ अर्ब ३४ करोडको कारोबार

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७।६६ अकंले घटेर २६९७.०४को विन्दुमा कायम भएको हो । यस दिन नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । 

    images
    images

    यस दिन सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको हो । त्यसैगरी राप्ती हाइड्रोको ७.७२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

    सर्वाधिक कारोबार हुने कम्पनी

    images
    images

    यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ११ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १८ करोड ३ लाख ९० हजार रुपैंया, लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)नेपालको १६ करोड ७५ लाख १७ हजार रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको १३ करोड ७८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend