images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • भीडब्लूको कारमा १० लाखसम्म छुट सहित...

भीडब्लूको कारमा १० लाखसम्म छुट सहित बाइ ब्याक ग्यारेन्टी पाइने

भीडब्लूको कारमा १० लाखसम्म छुट सहित बाइ ब्याक ग्यारेन्टी पाइने

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । जर्मन ब्राण्डको फक्सवागेनको आधिकारीक बिक्रेता पुजा इन्टरनेशनल नेपालले भिडब्लुको टाइगुन कारमा विभिन्न स्कीमको रकम जोडेर १० लाखसम्मको छुट दिने भएको छ ।

    images
    images

    कम्पनीले १० लाख रुपैयाँ नगद छुट र बाइ ब्याक ग्यारेन्टी दिने भएको हो । टाइगुन एसयूभी खरिद गर्ने उपभोक्ताले एक्सचेन्ज र लोयलटी बोनस पनि पाउने छन् । बिक्रेताले टाइगुन खरिद गर्ने उपभोक्ताले सुरुमै ५०० लिटर पेट्रोल वापतको रकम दिनेछ। साथै सवारी साधन वापत तिर्नु पर्ने कर पनि दुई वर्षको तिरिदिने जनाएको छ ।

    नयाँ गाडी किन्ने उपभोक्तालाई कम्पनीले ३ वर्षसम्म फेर्ने ठूला पार्टस्मा १५ प्रतिशत छुट उपभोग गर्न पाउनेछन् । यसका अलावा ४ वर्षसम्म कन्जुमेवल पार्टसहरु निःशुल्क फेर्ने जनाएको छ । यस्ता पार्टस्मा इन्जिन आयल, इन्जिन फिल्टर, एयर फिल्टर, ब्रेक प्याड, ब्याट्री, स्पार्क प्लग सेट, वाइपर ब्लेड सेट र कुलाइन्ट निःशुल्क फेरिदिने छ ।कम्पनीले कुनै पनि उपभोक्ताले बीचमै बिक्री गर्न चाहेको खण्डमा ५ वर्षसम्म बाइ ब्याक ग्यारेन्टी दिने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend