images

२०८३ आश्विन १८ गते

images
images
images

एक वर्षमा भारतीयले नेपालमा फोनपे स्क्यान गरी गरे १.६ अर्ब रुपैयाँको कारोबार

एक वर्षमा भारतीयले नेपालमा फोनपे स्क्यान गरी गरे १.६ अर्ब रुपैयाँको कारोबार

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । एक वर्षको अवधिमा भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत एक करोड ६० अर्ब रुपैयाँ बढी भुक्तानी गरेका छन् । भुक्तानी सेवा सञ्चालक फोनपेले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो । 

    images
    images

    “एक वर्षअघि फोनपेले एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडसँग मिलेर नेपालमा भारतीय पर्यटकका लागि सहज रूपमा यूपीआई भुक्तानी सेवा सुरु गरी इतिहास रच्यो,” कम्पनीले लिङ्क्डइनमा लेखेको छ, “त्यसबेलादेखि, भारतीय पर्यटकले सजिलै स्क्यान गरेर भुक्तानी गरिरहेका छन्- चाहे त्यो ठमेलमा किनमेल गर्दा होस्, मनपर्ने नेपाली क्याफेमा खाना खाँदा होस् वा १३ हजार फिटको उचाइमा रहेको सगरमाथा आधार शिविरमै किन नहोस् ।”

    फोनपेको सीमापार कारोबारले भारतीय पर्यटकलाई नेपालमा खर्च गर्न सजिलो बनाएको देख्दा आफूहरू उत्साहित भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक वर्षको अवधिमा पाँच लाख ६० हजार बढी भारतीय पर्यटकले १.६ अर्ब रुपैयाँ भन्दा माथिको यूपीआई भुक्तानी गरेका छन् । यसमध्ये २७ प्रतिशत खुद्रामा, १९.६८ प्रतिशत रेस्टुरेन्टमा र १५.४ प्रतिशत होटेल तथा रिसोर्टमा खर्च गरेका छन् । 

    images
    images

    भारतीय पर्यटकहरूले फोनपे स्क्यान गरी क्षेत्रगत हिसाबले सबैभन्दा बढी ४४ प्रतिशत बागमती प्रदेशमा खर्च गरेका छन् । गण्डकी प्रदेशमा १५ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत, मधेश र लुम्बिनी प्रदेशमा नौ/नौ प्रतिशत, कोशी प्रदेशमा आठ प्रतिशत र कर्णाली प्रदेशमा एक प्रतिशत खर्च भएको छ ।फोनपेका अनुसार भारतीय पर्टयकले २५ रुपैयाँको चियादेखि एक लाख ६० हजार रुपैयाँको ट्रेकिङ खर्च फोनपे स्क्यान गरी भुक्तानी गरेका छन् । 

    कूल भुक्तानी भएको रकममध्ये ४२ प्रतिशत कारोबारको दायरा एक हजारदेखि पाँच हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै ४८ हजार बढी भारतीय पर्यटकले तीन पटकभन्दा बढी भुक्तानी फोनपे स्क्यान गरी यूपीआई मार्फत गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend