images

२०८३ आश्विन २१ गते

images
images
images

६ महिनामा पान हिमालय इनर्जीले गर्यो १ अर्बभन्दा बढी आम्दानी

६ महिनामा पान हिमालय इनर्जीले गर्यो १ अर्बभन्दा बढी आम्दानी

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं ।  आइपीओ निष्कानस तयारीमा रहेको पान हिमालय इनर्जी लिमिटेडले सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १ अर्ब ६ करोड रपैयाँ आम्दानी गरेको हो । 

    images
    images

    यस अवधिमा कम्पनीले ९०.९५ प्रतिशत प्लान्ट लोड फ्याक्टर हासिल गरेको छ, जुन गत वर्षको भन्दा निकै बढी हो । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग दीर्घकालीन पावर खरिद सम्झौतामा ५१.४ मेगावाट उत्पादनलाई ‘टेक एन्ड पे’ आधारमा सम्झौतामा राखेको छ ।यसका अतिरिक्त २५.६ मेगावाट उत्पादनलाई पनि ‘टेक एन्ड पे’ आधारमा सम्झौतामा राखिएको छ । सम्झौताका अनुसार कम्पनीलाई ३० वर्षको अवधिसम्म विद्युत आपूर्ति गर्ने व्यवस्था गरिएको छ । 

    पान हिमालय इनर्जी लिमिटेड सन् २००५ डिसेम्बर २७ मा स्थापना गरिएको हो ।कम्पनीले ७७ मेगावाट क्षमताको रन-अफ-रिभर जलविद्युत आयोजना लिखु-१ हाइड्रोपावर प्रोजेक्टको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो आयोजना सोलुखुम्बु र रामेछाप जिल्लामा अवस्थित छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend