images

२०८३ आश्विन १९ गते

images
images
images

अल्लु अर्जुन स्टारर पुष्पा–३ को रिलीज मिति घोषणा

अल्लु अर्जुन स्टारर पुष्पा–३ को रिलीज मिति घोषणा

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं ।  अन्ततः अल्लु अर्जुन स्टारर फिल्म पुष्पा–३ बन्ने नै भएको छ । ब्लकबस्टर एक्सन ड्रामा पुष्पा ३ को तेस्रो सिरिज आउने निश्चित भएको हो ।रोबिन हुड को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् ।

    images
    images

    उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । पुष्पा २स् द रुलु को सफलता पछि ‘पुष्पा ३’ को घोषणा गरिएको हो । ुपुष्पा २ ले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।

    राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ ।अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend