images

२०८३ आश्विन २१ गते

images
images
images

मुगुमा १९ प्रजातिको जडीबुटी र काठबाट ९३ लाख रुपैयाँ राजश्व

मुगुमा १९ प्रजातिको जडीबुटी र काठबाट ९३ लाख रुपैयाँ राजश्व

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • मुगु । मुगुमा आर्थिक वर्ष २०८१-८२ को नौ महिनामा जडीबुटी तथा काठबाट ९३ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ। डिभिजन बन कार्यालय मुगुले असारदेखि फागुनसम्म जिल्लाबाट बाहिर निकासी हुने १९ प्रजातिको जडीबुटीबाट सङ्कलन गरेको हो।

    images
    images

    १२ महिनामा जडीबुटी र काठबाट १ करोड १८ लाख ७२ हजार रुपैंया राजश्व सङ्कलन भएको जिल्ला डिभिजन कार्यालय मुगुका निमित्त डिभिजन वन अधिकृत जीतेन्द्र महतले जानकारी दिए।अधिकृत महतका अनुसार सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटी मध्ये कर्णालीमा २७ प्रजातिका भन्दा बढी जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक  वर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरूको कारोबार हुने गरेको देखिन्छ।

    कार्यालयको वार्षिक योजना अनुसार कुन जडीबुटी कति निकासी दिने भन्ने योजना अनुसार जडीबुटी सङ्कलनको लागि अनुमति दिने गरेको र जटिबुटी बनजंगल, वन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरु संग सहकार्य गरेर अघि बढी रहेको उनले बताए।

    images
    images

    कर्णाली प्रदेशका १० वटै जिल्लामा पाँच हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइन्छ। जडीबुटीको भण्डार मानिने प्रदेश भए पनि मुगु लगायत हुम्ला ,कालिकोट,जुम्ला, डोल्पा,जाजरकोट, रुकुमलगायतका बन पाखामा पाइने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनभेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान, जिम्बु, अतिस,जटामसी, बिषजरा लगायतका जडीबुटीहरू लोप हुँदै गएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend