images

२०८३ आश्विन २१ गते

images
images
images

आइएमएफले गर्‍यो नेपाललाई ४१.८ करोड डलर ऋण स्वीकृत

आइएमएफले गर्‍यो नेपाललाई ४१.८ करोड डलर ऋण स्वीकृत

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४१.८ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ ।आइएमएफको कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविधाको पाचौँ समीक्षा गर्दै ऋण स्वीकृत गरेको हो।

    images
    images

    आइएमएफले नेपालले चुनौतीका बाबजुद आर्थिक सुधारमा प्रगति गरेको भन्दै प्रशंसा पनि गरेको छ । आइएमएफको प्रेस वक्तव्यमा भनिएको छ,’चुनौतीपूर्ण राजनीतिक वातावरण र विपद्का बाबजुद पनि आर्थिक सुधारमा नेपालले प्रगति गरेको छ । पुँजीगत खर्चमा वृद्धि, लचकदार मौद्रिक नीति र जलविद्युत उत्पादनमा वृद्धि गर्दै आगामी दिनमा पनि सुधारमा ध्यान केन्द्रित हुनेछ भन्ने आइएमएफको अपेक्षा छ।’

    आइएमएफका प्रबन्ध निर्देशक बो लीले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने सवालमा गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् । ‘चुनौतीका बाबजुद पनि नेपालले अर्थतन्त्र सुधारमा चालेका कदम सह्रानीय छ । तथापि वित्तीय क्षेत्रमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै वित्तीय नियमनलाई अन्तर्राष्ट्रिय मापदण्डसँग अझै अनुकूल बनाउनुपर्ने आवश्यकता छ,’उनले भनेको कुरा उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ,’ऋण पोर्टफलियोको समीक्षा गर्दै समस्याग्रत बचत तथा  ऋण सहकारी संस्थाको समस्यामा ध्यान केन्द्रित गरेर एटीएफको ग्रे सुचीबाट बाहिर ल्याउन कानुनी, नियमनात्मक र पर्यवेक्षण प्रणालीलाई बलियो बनाउँदै नेपाल अघि बढ्न आवश्यक छ ।’उनले राष्ट्र बैङ्क ऐनमा संशोधन गर्दै बैङ्कहरूलाई आर्थिक सुशासनमा थप जबाफदेही बनाउन पनि ध्यानाकर्षण गराएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend