images

२०८३ आश्विन १९ गते

images
images
images

ट्रिप टर्बोबाट हवाई जहाजको अनलाइन टिकेट काट्दा २०० छुट पाउने, यस्ता छन् अफर

ट्रिप टर्बोबाट हवाई जहाजको अनलाइन टिकेट काट्दा २०० छुट पाउने, यस्ता छन् अफर

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । ट्राभल मार्केटप्लेस ट्रिप टर्बोको मोबाइल एप गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । गएको भदौ महिनामा सार्वजनिक भएको उक्त एप ७ महिनाको अवधिमा एक लाखभन्दा बढी डाउनलोड भएको हो । 

    images
    images

    यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिँदै कम्पनीले ‘ट्रिप टर्बो १००के अफर’ सुरु गरेको छ । जसमा भाग्यशाली विजेताले निःशुल्क फ्लाइट टिकेटदेखि छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत दुई भाग्यशाली विजेताले दुई ओटा निःशुल्क एकतर्फी आन्तरिक हवाई उडानको टिकेट प्राप्त गर्नेछन् । त्यस्तै एक जना भाग्यशाली ग्राहकले पोखरामा ११ हजार रुपैयाँ बराबरको हट एयर बेलुन राइड गर्न पाउने छन् । 

    यसका साथै नेपालको पहिलो फेमिली इन्टरटेनमेन्ट सेन्टर ‘उप्स नेपाल’ को तर्फबाट ५ हजार रुपैयाँ बराबरको दुई ओटा गिफ्ट कार्ड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।यसका साथै आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा १ लाखभन्दा बढीको छुट र प्रोमो कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नियमित प्रयोगकर्ताले ट्रिप टर्बोको लोयल्टी पोइन्टस् प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा पाँच सय रुपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिने छ । 

    images
    images

    यो अफर सीमित सङ्ख्यामा मात्र उपलब्ध हुनेछ उल्लेख छ । यस्तै पहिलो पटक उडान बुक गर्ने ग्राहकले ‘FIRST100’ प्रोमोकोड प्रयोग गरी पहिलो उडान बुकिङ गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् । नियमित प्रयोगकर्ताले ‘APP100K’ प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै पहिलो पटक बस टिकट काट्ने ग्राहकले ‘TURBOBUS’ प्रोमो कोड प्रयोग गरी टिकेट काट्दा ५० रुपैयाँ छुट पाउने उल्लेख छ । यसका साथै रोमाञ्चक एक्टिभिटीहरूमा ५० प्रतिशत अथवा ६ हजारसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ । 

    ‘एक लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोेका लागि ठुलो उपलब्धि हो,’ ट्रिप टर्बाेका संस्थापक शिखर प्रसाईंले भने, ‘हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौं ।’

    कम्पनीका अनुसार २ चैत्रदेखि सुरु भएको यो अफर यही १८ चैतसम्म चल्नेछ । यस अवधिमा ट्रिप टर्बो  एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः यस योजनामा समावेश हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend