images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म रिलिजको १० दिनपछि युट्युबमा आयो 'होस्टेल-३' को गीत 'रक अन'

फिल्म रिलिजको १० दिनपछि युट्युबमा आयो 'होस्टेल-३' को गीत 'रक अन'

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  फिल्म 'होस्टेल-३' मा समावेश गीत 'रक अन' युट्युबमा सार्वजनिक गरिएको छ।फिल्मका प्रमुख कलाकारहरू पारस बम ठकुरी 'कुलब्वाइ' र रिहान गिरीका साथमा समीर काजीको स्वर रहेको गीत आइतबार बिहान युट्युबमा सार्वजनिक गरिएको हो। 

    images
    images

    फिल्मको अन्त्यमा राखिएको यो गीतको माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए। गीतको शब्द तथा संगीत महेश ज्ञवालीको हो भने एरेन्ज योगेश काजीले गरेका छन्।

    'होस्टेल-३' ले नेपालमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले पहिलो हप्ता मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।दोस्रो हप्ताको शनिबार पनि फिल्मको व्यापारमा कमी नआएको निर्देशक कँडेलले बताए।

    images
    images

    'हामी निरन्तर हल भिजिटमा छौं र वितरकबाट पनि व्यापारको रिपोर्ट लिइरहेका छौं। दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ,' उनले भने।

    फिल्ममा पारस बम 'कुलब्वाइ', सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन छ। निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend