images

२०८३ आश्विन २९ गते

images
images
images

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । एनआईसी एसिया बैंकले ५ वटा कम्पनीको ५ कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर आज चैत ३ गतेबाट बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।

    images
    images

    जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०५ रुपैयाँ, जीवन विकास लघुवित्तको ५४० रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ र नागरिक लगानी कोषको ६९६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    यी कम्पनीको लिलामी शेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

    बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० गतेसम्म रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend